१३ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा भिक्ट्री क्लब (मिरिक)-ले फुवागड़ी एफसी-लाई ७-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा नयाँ कमान एफसी-ले लाफा सेभेनलाई ३-०-ले पराजित गऱ्यो। बुधवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा एमएम तराई र मकैबारी एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच अनिकेत स्पोर्टिंग क्लब र निगाले एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










