सलेशियन कलेज सोनादाका‌‌ विद्यार्थीहरुले‌ आफ्ना मेहनत र सिर्जनात्मक कार्यद्वारा बनाए ड्रोन र थ्री डी गेम

IMG-20250510-WA0183

सोनादा: सलेशियन कलेज सोनादाका‌‌ विद्यार्थीहरुले‌ आफ्ना मेहनत र सिर्जनात्मक कार्यद्वारा ड्रोन र थ्री डी गेम बनाएका छन्। सलेसियन कलेज सोनादा अटोनम्सको बीसीए तेस्रो वर्षका विद्यार्थीहरुले ड्रोन बनाएका छन्। यस कलेजको‌ बीसीए तेस्रो वर्षका विद्यार्थीहरु क्रमैले टाँसी साङ्गे शेर्पा र शरणम राईले ड्रोन निर्माण गरेका छन्। यस ड्रोनमा अपजेक्ट डिटेक्टर रहेको छ।‌ दुवैले ड्रोन बनाएर पनि कलेज परिसरमा सफलतापूर्वक परीक्षण पनि गरेका छन्। उक्त ड्रोनको सफल परिक्षण कलेजका उप प्राचार्य ब्रदर डा जोसेफ अगस्टिन, बीसीए विभागको विवेक श्रेष्ठ, रोशन कुमार प्रसाद, रोजेस प्रधान र सोलोमन लेप्चाको उपस्थितिमा गरिएको जानकारी प्राप्त भएको छ। उक्त ड्रोन शैक्षिक उद्देश्यको साथमा विद्यार्थीहरुले‌ बनाएका छन्। यसको साथै यसै कलेजको‌ बीसीए तेस्रो वर्षका विद्यार्थीहरु क्रमैले अश्विन राई, रोशन राई र प्रवेस सिंहले ओपेन वर्ल्ड थ्री डी गेम पनि सफलतापूर्वक बनाएका छन्। सोनादाको सलेसियन कलेजको मास कम्युनिकेसनका विद्यार्थीहरुले विगतमा ‘खामसोला’ नामक डकुमेन्ट्री फिल्म फिल्म बनाएका थिए जुन फिल्मले डन बोसको ग्लोबल युथ फिल्म फेस्टिभल २०२४ तेस्रो स्थान हाँसिल गर्न सफल बनेको थियो।‌ उक्त फिल्म विश्वभरिको १२४५ फिल्महरुमा तेस्रो बन्न सफल बनेको थियो। उक्त फिल्मले त्यसताक एक हजार युरो जित्न सफल बनेको थियो।‌ अहिले आएर फेरि यसै कलेजका विद्यार्थीहरुले ड्रोन र थ्री डी गेम बनाएर एक सिर्जनात्मक कार्यको उदाहरण बनेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ड्रोन बनाउने सलेसियन कलेजको बीसीए तेस्रो वर्षका विद्यार्थीहरु क्रमैले साङ्गे टाँशी शेर्पा र शरणम राईले यो ड्रोन कलेजको प्रोजेक्ट अनुसार बनाएका हौं र यो ड्रोन एक किलोमिटरसम्म र आधा घण्टाको समयसम्म उड्न सक्ने बताएका छन्‌। दुवैले बताए अनुसार यस ड्रोनमा अझ धेरै फिचर्सहरु लाउन बाँकी रहेको बताउँदै यसमा डिटेक्टर पनि जडान गरिने जानकारी गराएका छन्।

यी विद्यार्थीहरुले यो ड्रोन विगत ४ महिनादेखि बनाउन शुरु गरिएको जानकारी गराएका छन्‌‌ भने यसको खर्चको ६० प्रतिशत कलेजबाट सहयोग गरिएको र ४० प्रतिशत आफ्नै रहेको बताएका छन्‌ त्यसरी नै थ्रि डी गेम बनाएका बीसीए‌ तेस्रो वर्षका विद्यार्थीहरु क्रमैले अश्विन राई, रोहन राई र प्रवेस सिंहले थ्री डी गेम बनाउन मौका दिएकोमा कलेजप्रति आभार प्रकट गरेका छन्। उनीहरुले यो गेम ३-४ महिना लगाएर बनाएको बताउँदै यसमा अझ काम भईरहेको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement