खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिद्वारा सर सफाईलाई लिएर सचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त सचेतना कार्यक्रम ग्राम कल्याण समितिको सभापति जेबी गुरूङको अध्यक्षतामा र सचिव सञ्जीव मंगरको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सर सफाईलाई लिएर गरिएको सचेतना कार्यक्रमलाई विनयकुमार छेत्री, पूर्ण मास्के, जेबी गुरूङ, पञ्चायत सदस्य योगराज प्रधान आदिले वक्तव्य राख्दै तीनधारे क्रिकेट बजार परिसरमा सर सफाई गरिनु पर्ने र सर सफाईमा पुरानो गरिमा फर्काएर ल्याउनु पर्ने कुरामा जोड दिइएको छ। यस अवसरमा ग्राम कल्याण समिति क्रिकेट बजार क्षेत्रका लागि मैलाहरु उचित व्यवस्थापनको लागि मैला फ्याँक्नलाई बनाइने कुरामा जोड दिइएको छ।

यसको लागि स्थानीय ग्राम पञ्चायतमा सहयोग मागिने भएको छ भने यसको लागि पञ्चायत सदस्य योगराज प्रधानले पनि पञ्चायतको तर्फबाट सहयोग गर्न सक्ने कुराहरु सहयोग गर्ने भएको बताएका छन्। उक्त कार्यक्रममा नै यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट प्रथमम दर्जामा उत्तीर्ण हुने क्षितिज गुरुङलाई सम्मान पनि जनाइएको जानकारी ग्राम कल्याण समितिको सचिव सञ्जीव मंगरले दिएका छन्।