तीनधारेमा‌ तीन दिवसीय बुध्द जयन्ती समारोह शुरु

IMG-20250510-WA0178

लामा साङ्गे योञ्जन उम्जेको रुपमा सम्मानित

तीनधारे: तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा तीन दिवसीय रुपमा भगवान गुम्बाको २५६९औं बुध्द जयन्ती समारोह शुरु भएको छ। तामाङ बुध्दिष्ट एसोसिएसनको आयोजनामा आयोजनामा शनिबारदेखि शुरु भएको तीन दिवसीय बुध्द जयन्ती समारोह शुरु भएर आगामी १२ मईसम्म चल्ने भएको छ। यस अवसरमा गुम्बाको‌ वरिष्ठ लामा म्हम्हे बुम्बा डुम्जनको बाहुलीबाट पूजा अर्चना शुरु गरिएको छ। प्रथम दिन बिहान ७ बजीदेखि लामा साङ्ग सेरगेम (पूजा अर्चना) गरेर थालनी गरिएको छ। यस अवसरमा गुम्बाको उम्जे पदको लागि एसोसिएसनद्वारा गुम्बाको लामा साङ्गे योञ्जनलाई‌ विगतको सभामा चयन गरिए अनुसार आज पूजाको पहिलो दिन वरिष्ठ लामा म्हम्हे लाक्पा बम्जनको उपस्थितिमा एसोसिएसनद्वारा भव्य रुपमा स्वागत एंव सम्मान जनाउँदै उम्जेको ठिहीमा आशन ग्रहण गराइयो जसमा एसोसिएसनको प्रमुख संरक्षकहरुमा छवाङ बम्जनद्वारा मेण्डल, अर्का संरक्षक मिना योञ्जनद्वारा भगवान् बुद्धको प्रतिमा (कु), सभापति प्रेम योञ्जनद्वारा छोर्तेन, एसोसिएसनको सभापति प्रेम योञ्जन र सचिव महेन्द्र तामाङद्वारा सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। उक्त सम्मान पत्रलाई सह सचिव सन्तोष लामाले पठन गरेका थिए भने सञ्चालन पनि उनले नै गरेका थिए। यसै अवसरमा एसोसिएसनको सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरु साथै आमन्त्रित अतिथिहरु, म्हाणिपा संघको पदाधिकारीहरु र सदस्यहरुद्वारा उप्जे पदमा आसिन साङ्गे योञ्जनलाई खदार्पणसहित सम्मान जनाइएको छ।

यसै सन्दर्भमा धर्म गुरु लाक्पा बम्जन म्जेम्हेले उम्जेको पदमा आसिन साङ्गे योञ्जनलाई शुभकामना व्यक्त गर्दै उम्जे पदको जिम्मेवारी विषयमा बताएका छन्। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा तीन दिवसीय बुध्द जयन्तीको दोस्रो दिन आईतबार बिहान डोल्मा पूजा गरिने भएको छ भने १२ मईको दिन बुध्द जयन्तीको दिन बिहान पूजा अर्चना गरेर १० बजी नगर परिक्रमा गरिने भएको जानकारी सह सचिव सन्तोष लामाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement