नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर तथा कप्तान सौरभ गांगुलीले भारत र पाकिस्तानबीच तनाउको परिस्थितिहरूले गर्दा इण्डियन प्रीमियर लीग २०२५-लाई स्थगित गरिएको भए पनि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सफलतापूर्वक पूरा गर्ने भरोसा व्यक्त गरे। धर्मशालामा बिहीवार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच म्याच हवाई हमलाको आशंकाले बीचमा रद्द गरिएको थियो। त्यसपछि बोर्डले सबैको सुरक्षालाई प्राथमिकता दिँदै आईपीएललाई ७ दिनको निम्ति निलम्बित गरेको थियो। यस फसेलाको समर्थन गर्दै गांगुलीले भने, आईपीएललाई ७ दिनको निम्ति स्थगित गरिएको छ। बीसीसीआई-ले यसलाई पूरा गर्ने मलाई भरोसा छ कारण बोर्डमा त्यो कुशलता छ। कोविड-१९-को समय पनि यस्तै संकट आएको थियो अनि बीसीसीआई-ले टुर्नामेण्टलाई सफलतापूर्वक आयोजन गरेको थियो। यसपाली पनि बोर्डले भारत सरकारको दिशा-निर्देशहरू अनुसार काम गर्दै टुर्नामेण्टलाई पूरा गर्नेछ।
गांगुलीले भारतीय सशस्त्र बलहरूको पनि प्रशंसा गरेका छन्। उनले भने, हाम्रो जवान हाम्रो गौरव हुन्। उनीहरू देशको रक्षाको निम्ति दिन-रात काम गर्छन्। उनीहरूका बलिदानले गर्दा नै हामी यहाँ शान्तिसँग बसिरहेका छौं। यसको साथमा गांगुलीले आईपीएलमा युवा प्रतिभाहरूका कुरा गर्दै वैभव सूर्यवंशी, प्रियांश आर्य र प्रभसिरमन सिंह जस्ता खेलाड़ीहरूका प्रशंसा गरे। उल्लेखनीय छ, आईपीएल २०२५ अहिले अन्तिम चरणमा रहेको छ तर कुनै पनि टीमले प्लेअफ्-को निम्ति क्वालीफाई गरेको छैन।