कालचिनी- सोमबार बेलुकी अलिपुरद्वार जिल्लाको विभिन्न रेलवे स्टेशनहरूबाट भाजपा समर्थकहरूलाई कलकत्ता जान बाधा दिएको अनि भाजपा नेता अनि कार्यकर्ताहरूलाई पुलिसले बिना कारण पक्राउ गरिएको प्रतिवादमा आज भाजपाद्वारा विरोध प्रदर्शन गर्ने क्रममा भाजपा ८ नम्बर मण्डल कमिटीको पक्षबाट कालचिनीमा एउटा प्रतिवाद सभाको आयोजना गरिएको जानकारी भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले दिएका छन्| आज भाजपा ८ नम्बर कार्यालयबाट कालचिनी चौपतिसम्म भाजपा समर्थकहरूले यसको विरोधमा विरोध र्याली अनि सभाको आयोजना गरेको थियो|
उक्त प्रतिवाद सभामा भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा लगायत भाजपा नेता अनि कालचिनी पञ्चायत समितिको विरोधी दल नेता तोफिल सोरेङले तृणमूलको निर्देशमा पुलिसले भाजपा समर्थकहरूलाई कलकत्ता जान बाधा सृष्टि गरेको र बिना कुनै कारण भाजपा नेता अनि समर्थकहरूलाई पक्राउ गरेको घटनाले बंगालमा गणतन्त्र नरहेको प्रमाण भएको र अब निरंकुश ममता ब्यानर्जीको सरकारको अन्त हुने समय आएको र जति नै यता रोके तापनि अन्ततः भाजपाको नवान्न अभियानले आज देश नै हल्लाएको भाजपा नेताहरुले दाबी गरेका छन्|










