मिङजिङ् शेर्पाप्रति हामी एकदमै हर्षित र गर्वित छौँ: सभासद श्याम शेर्पा
खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको वार्ड नम्बर ७ शेर्पा बस्ती निवासी मिङजिङ् शेर्पाले आफ्नो एमबीबीएस डाक्टर साथै इन्टेन्शीप पनि सकेर डाक्टर भएका छन्। पिता ग्याल्जे शेर्पा अनि माता दावालमू शेर्पाकी सुपुत्री छोरी मिङजिङ् शेर्पाले आफ्नो एमबीबीएस डाक्टर साथै इन्टेन्शीप पनि सकेर डाक्टर भएकोमा २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाले हर्ष प्रकट गर्दै सम्पूर्ण २८ नम्बर समष्टि साथै सम्पूर्ण खरसाङवासीकाे तर्फबाट बधाई टक्राएका छन्। यसको साथै शेर्पा एसोसिएसन खरसाङकाे तर्फबाट पनि सभापति दावा शेर्पा र सचिव नर्बु शेर्पाले सम्पूर्ण शेर्पा एसोसिएसन खरसाङकाे तर्फबाट नानी मिङजिङ शेर्पा र उनकाे अभिभावकलाई बधाई टक्राएका छन्। सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार नानी मिङजिङ्ग सानैदेखि पढनुमा अब्बल थिए। उनले सेन्ट हेलेन बाट आईसीएससी गरेर एघारौं अनि बाह्रौं श्रेणीसम्म निर्मला कन्भेन्ट मतिगडाबाट उत्तीर्ण गरेकी थिइन्। त्यसपछि निट परीक्षा उत्तीर्ण गरेर एमबीबीएसकाे लागि छनौट भएकी थिइन्। उनले २०१९- २०२५ मा कलकोता निलरत्न मेडिकल कलेजबाट आफ्नो एमबीबीएस साथै इन्टेन्शीप सकेर डाक्टर बनेकाेमा हामी एकदमै हर्षित र गर्वित छौँ भनी बताएका छन्।

पहाडमा शान्तिपूर्ण वातावरण भएकोले हाल हाम्रो नानीलाई धेरै धेरै क्षेत्रमा राम्रो राम्रो परीक्षाहरु उत्तीर्ण भए र सम्पूर्ण जाति र क्षेत्रकाे नाम उज्ज्वल पारिरहेकोमा सम्पूर्ण पहाडवासी नै गर्वित भएको महसुस छ भनी बताएका छन्। अन्त्यमा सभासद श्याम शेर्पाले नानी मिङजिङ्गलाई आउँदो दिनकाे लागि शुभकामना र शुभेच्छा टक्राउँदै मानव हितमा र गरीब दु:खीहरु पनि राम्रो उपचार गरिदिने निवेदन गरेका छन्।