खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुईको टेकबीर बस्तीस्थित प्रगति संघको कार्यकारिणी सदस्यहरूद्वारा गाउँभित्रको प्रगति पथको पानी बग्ने नालाको सर सफाई गरिएको छ। समाजको सभापति भेलारियन जर्ज लेप्चा अनि मूल सचिव बीरबल पाख्ररीनको अगुवाईमा सम्पन्न यस सफाई अभियानमा विशेष गरी प्रगति पथसंग संलग्न नालीमा जमेर बसेको माटो, साना साना ढुंगा, फोहोर मैला अनि नालीको तल माथि उम्रेको घाँस झार पातलाई सफा गरियो। विशेष गरी नालीमा फोहर मैला जमिएर बन्द भए सडकको तल्लो अनि माथिल्लो भाग पैह्रोको चपेटामा आउने प्रबल सम्भावना रहेको कारण यो सर सफाई कार्य सम्पन्न गरिएको हो। समाजको उप सभापतिद्वय जन बस्को राई, सुजय गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ, निम लमु शेर्पा, सामान प्रभारी सन्जित गुरुङ, सल्लाहकार रामु राउत, पुष्पा गुरुङ, कार्यकारिणी सदस्यहरू अमृता प्रधान, जुना सुब्बा लामा, भारती राई, मिना लेप्चा, राजु थापा लगायत सदस्यहरू सहभागी रहेको यस सफाई कार्यमा गाउँवासीलाई आ आफ्नो घर अगाघिको नालीलाई सफा राखेर पानी जम्न नदिएर पैह्रोको रोकथाम गर्ने अपिल गरियो। दिलबहादुर गुरुङ अनि सन्जिता राईले कोल्ड ड्रिंक्स, बिस्कुट र भुजा उपलब्ध गराएर सहयोग गरे। सरकारले यसरी जनताको सुविधाको निम्ति सडक निर्माण गरिदिन्छ तर यसलाई आफ्नो सम्पत्ति सम्झेर संरक्षण गर्ने प्रत्येक गाउँवससीको नैतिक जिम्मेवारी रहेको थप कुरा मूल सचिव बिरबल पाखरीनले बताएका छन्।