नयाँ दिल्ली: मधुरा धामनगांवकरले शनिवार शंघाईमा जारी आर्चरी (धनु-काँड़) वर्ल्ड कप चरण २-मा स्वप्निल प्रदर्शन गर्दै अमेरिकाकी कार्सन क्रेहेलाई १३९-१३८-ले पराडित गरी आफ्नो पहिलो व्यक्तिगत वर्ल्ड कप स्वर्ण पदक जितिन्। तीन सालदेखि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा नगरेकी हुनाले मधुरालाई वर्ल्ड आर्चरी ऱ्याङकिंगमा स्थान प्राप्त भएको छैन। मधुरा तेस्रो गेममा ७ अंकमा निशाना लगाएपछि ८१-८५-ले पछि रहेकी थिइन्। यस २४ वर्षीय खेलाड़ी चरम दबाउमा पनि असाधारण संयम देखाइन् अनि चौथो गेममा केवल एक पोइण्ट गुमाएर स्कोर ११०-११०-को बराबरीमा पुऱ्याइन्। मधुराले निर्णायक देममा २ पल्ट १०-को निशाना लगाइन् अनि दुवै निशाना केन्द्रको नजिक रहेको थियो। उनले तेस्रो प्रयासमा ९-को निशाना लगाएर क्रेहेलाई पछि छोड़िन्। यो मधुराको यस स्पर्धामा तेस्रो पदक थियो। यसअघि उनले महिला टीम स्पर्धामा रजत र अभिषेक वर्मासँग मिश्रित टीम स्पर्धामा काँस्य पदक जितेकी थिइन्। यी ३ वटा पदकको साथ उनले ३ सालपछि खेलमा पुनरागमनलाई यादगार बनाइन्।