मार्भिक एससी र लेबोंग संकटा एफसी फाइनलमा

IMG_20220913_205000.jpg

१३ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा मंगलवार दुईवटा सेमिफाइनल म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा भएको पहिलो सेमिफाइनल म्याचमा मार्भिक एससी-ले युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नोरसांग लामाले गोल गरे। यसरी नै दोस्रो सेमिफाइनलमा लेबोंग संकटा एफसी-ले च्यालेञ्जर एससी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आदर्श थापा र सुबेश राईले गोल गरे। डीजीएचएसए-को तत्त्वावधानमा आयोजित प्रीमियर र सेकेण्ड डीविजन लीगको फाइनल १८ सेप्टेम्बरमा खेलिनेछ। प्रीमियर डीविजनको फाइनलमा सेण्ट जोसेफ्स कलेज र युनाइटेड रंगबुल एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै सेकेण्ड डीविजन फूटबल लीगको फाइनल मार्भिक एससी र लेबोंग संकटा एफसी-बीच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement