नयाँ दिल्ली: भारत र पाकिस्तानबीच जारी तनाउबीच २४ मईमा बेंगलुरुमा हुने नीरज चोपड़ा क्लासिक प्रतियोगिता अनिश्चितकालको निम्ति स्थगित गरिएको छ। यसको जानकारी ओलम्पिक पदक विजेता भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा स्वयंले सोशल मीडियामा दिएका छन्। दुईपल्टका ओलम्पिक पदक विजेता चोपड़ाले गत महिना यो ज्याभलिन थ्रो प्रतियोगिता पञ्चकुलाबाट बेंगलुरु स्थानान्तरित गरिएको घोषणा दिएका थिए। यसपाली उनले सोशल मीडियामा एनसी क्लासिक टीमको तर्फबाट बयान जारी गरेर प्रतियोगिता स्थगित गरिएको घोषणा गरेका छन्। यसको साथमा उनले प्रतियोगिताको संशोधित कार्यक्रम आउँदो समयमा साझा गरिने जानकारी दिएका छन्। बयानमा भनिएको छ, वर्तमान स्थितिहरूलाई ध्यानमा राखेर एनसी क्लासिकको शुरुवाती चरण आउँदो सूचनासम्मको निम्ति स्थगित गरिएको छ। यो निर्णय विचार र परामर्शपछि लिइएको छ, जसमा एथलीटहरू, हितधारकहरू र व्यापक समुदायको भलाईलाई सर्वोच्च प्राथमिकता दिइएको छ। हामी खेलमा एकजुट ताकतमा विश्वास गर्छौं तर यस समय देशको साथमा मजबूतीको साथ उभिनु जरूरी छ। यस समय हाम्रो सबै कृतज्ञता र विचार केवल हाम्रा सशस्त्र बलहरूको साथमा छ, जो हाम्रो देशको निम्ति अग्रिम पंक्तिमा रहेका छन्। जय हिन्द।