शुकरी कनराड तीनैवटा प्रारूपका मुख्य प्रशिक्षक नियुक्त

IMG-20250510-WA0136

जोहानिसबर्ग: दक्षिण अफ्रिकी टेस्ट टीमका मुख्य प्रशिक्षक शुकरी कनराडले २०२७ आईसीसी वनडे वर्ल्ड कपसम्म सीमित ओभरहरूका टीमको पनि जिम्मेवारी सम्हाल्नेछन्। क्रिकेट दक्षिण अफ्रिका (सीएसए)-लाई क्रिकेटको तीनैवटा प्रारूपको निम्ति राष्ट्रिय टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गऱ्यो। कनराड २०२३-देखि दक्षिण अफ्रिकी टेस्ट टीमका मुख्य प्रशिक्षक हुन्। सीमित ओभरहरूका प्रारूपमा (वनडे र टी२० इण्टरनेशनल) उनले रब वाल्टरको स्थान लिनेछन्। वाल्टरले च्याम्पियन्स ट्रफीपछि पदबाट राजीनामा दिएका थिए। यस ५८ वर्षीय प्रशिक्षक समक्ष सीमित ओभरहरूका प्रारूपमा पहिलो चुनौती जुलाईमा जिम्बाब्वे र न्यूजील्याण्डविरुद्ध टी२० इण्टरनेशनल सीरीज हुनेछ। सीएसए-का राष्ट्रिय टीमहरू र हाई परफर्मेन्स निदेशक एनोच एनक्वेले भने, टेस्ट टीमसँग शुकरीको रेकर्डले नै धेरै कुरा बयान गर्छ। उनले ठोस आधार बनाएका छन् अनि टेस्ट प्रारूपमा टीम निक्कै मजबूत देखिएको छ। म उनलाई सीमित ओभरहरूका प्रारूपमा पनि जिम्मेवारी निर्वाह गरिरहेको हेर्न उत्साहित छु।
कनराडको मार्गदर्शनमा दक्षिण अफ्रिका पहिलोपल्ट वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले ११-देखि १५ जूनसम्म लर्ड्समा खेलिने फाइनलमा गत च्याम्पियन अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। कनराडले भने, तीनैवटा प्रारूपमा राष्ट्रिय टीमको मार्गदर्शनको जिम्मेवारी पाएर म सम्मानित अनुभव गरिरहेको छु। म भविष्यको सम्भावनाहरूलाई लिएर उत्साहित छु। सीमित ओभरहरूका प्रारूपमा दक्षिण अफ्रिकासँग केही अविश्वसनीय कौशल भएका खेलाड़ीहरू छन्। केही खास हासिल गर्नको निम्ति चाहिने सबैथोक हामीसँग रहेको मलाई विश्वास छ। कनराड समक्ष आफ्नो घरेलु माटोमा वनडे वर्ल्ड कप अघि भारतमा २०२६-मा हुने टी२० वर्ल्ड कपमा टीमलाई सफलता दिलाउने चुनौती पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement