अम्बोटिया भेटरन्स विजयी

photocollage_2025510122314571

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। रोहिनी लेक मा खेलिएको म्याचमा अम्बोटिया भेटरन्सले सेवेन स्टार भेटरन्स, सोनादाविरुद्ध ५-३-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अर्पण घिसिंगले ३ र सौरभ थापाले २ गोल गरे। यसरी सेवेन स्टारको तर्फबाट माइहान राई, मिलन र रामकुमार राईले १-१ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ८ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement