धर्मशालाबाट सुरक्षित नयाँ दिल्ली पुगे आइपीएलका खेलाड़ीहरू

IMG-20250510-WA0130

धर्मशाला: पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सको टीम कठोर सुरक्षाबीच धर्मशालाबाट होशियारपुर भएर जालन्धर रेलवे स्टेशनसम्म पुगे। कांगड़ाका पुलिस अधीक्षक शालिनी अग्निहोत्रीले यसबारे जानकारी दिए। उनले बताएअनुससार, दुवै टीमका खेलाड़ीहरू एउटा विशेष ट्रेनद्वारा नयाँ दिल्ली पुगेका छन्। पाकिस्तानले ड्रोन हमलाको माध्यमले चण्डीगढ़ नजिक हवाई क्षेत्रमा प्रवेश गर्ने कोशिश गरेको थियो अनि भारतले पनि जवाबी कार्वाही गर्नु परेको थियो। यसबीच पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहीवार आईपीएल २०२५-को म्याच रद्द गरिएको थियो। अधिकारीले बताएअनुसार, शुक्रवार खेलाड़ीहरू, कोचिंग स्टाफ र प्रसारण कर्मीहरूसहित दुवै टीमका पूरा दललाई ४०-५० वटा सानो वाहनहरूले पञ्जाबको सीमामा स्थित होशियारपुर ल्याइयो। वाहनहरूलाई कांगड़ा पुलिसले सुरक्षा उपलब्ध गराएको थियो। होशियारपुर पुगेपछि पञ्जाब पुलिसले सुरक्षा व्यवस्था सम्हाल्यो। त्यहाँबाट उनीहरूलाई विशेष रूपले तयार ट्रेनद्वारा जालन्धर पुऱ्याइयो। जालन्धरबाट दुवै टीमका सदस्यहरूले फेरि विशेष ट्रेनद्वारा नयाँ दिल्ली प्रस्थान गरे। उल्लेखनीय छ, भारत र पाकिस्तानबीच तनाउले गर्दा शुक्रवार आईपीएललाई एक हप्ताको निम्ति स्थगित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement