वर्षाको प्रवेशसँगै ‘महाराजधिराज’मा स्टार कलाकारको भीड

maharajdhiraj-barsha

पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री

काठमाडौं: चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ। बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ।
नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले अनुबन्ध गरेको हो। आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो।
यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ। स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ।
यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।
चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ।
उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement