नयाँ दिल्ली: राज्यसभाको द्विवार्षिक चुनावको निम्ति मङ्गलबार अधिसूचना जारी हुनसाथ १५ राज्यको ५७ सीटको निम्ति नामांकनको प्रक्रिया शुरू भएको छ। यी सबै सीटहरूका लागि १० सीटमा मतदान हुनेछ अनि परिणाम पनि त्यही दिन आउनेछ। चुनाव आयोगद्वारा जारी कार्यक्रमअनुसार ३१ मई नामांकनको अन्तिम मिति हुनेछ। नामांकन पत्रहरूको जाँच १ जूनमा हुनेछ अनि ३ जूनसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिनसक्नेछन्। मतदान १० जूनमा बिहान ९ बजेदेखि लिएर साझँ ४ बजेसम्म हुनेछ। त्यही दिन साझँ ५ बजेदेखि मतगणना शुरू हुनेछ अनि परिणाम पनि त्यही दिन घोषणा गरिनेछ।
अनेक केन्द्रीय मन्त्रीसमेत धेरै दिग्गज नेताहरूको राज्यसभाबाट कार्यकाल पूरा भइऱहेछ। यसमा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण, केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयल, केन्द्रीय अल्प संख्यक कार्य मन्त्री मुख्तार अब्बास नकवी, केन्द्रीय मन्त्री आरसीपी सिंह समेत कांग्रेसका पी चिम्दबरम, कपिल सिब्बल, जयराम रमेश, अम्बिका सोनी, छाया वर्मा, रामविचार नेताम, भाजपाका शिवप्रताप शुक्ल, जफर इस्लाम, विनय सहस्त्रबुद्धे, एनसीपीका प्रफुल्ल पटेल, शिवसेनाका सञ्जय राउतसमेत धेरै वरिष्ठ नेताहरू सामेल छन्।
उत्तर प्रदेशबाट राज्यसभाको सर्वाधिक ११ वटा सीट खाली भइईरहेको छ, जसमा चुनाव हुनेछ। राज्यबाट उच्च सदनको निम्ति चुनिएका समाजवादी पार्टीका रेवती रमन सिंह, सुखराम सिंह र विशम्भर प्रसाद निषादको कार्यकाल पूरा भइरहेको छ। यसका साथै भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता सैयद जफर इस्लाम, शिवप्रताप शुक्ल, सञ्जय सेठ, सुरेन्द्र सिंह नागर, जय प्रकाश, कांग्रेसका कपिल सिब्बल, बसपाका सतीश मिश्रा र अशोक सिद्धार्थको कार्यकाल जुलाई-अगस्तमा पूरा भइरहेको छ। यसबाहेक जुन सदस्यहरूको कार्यकाल जुलाई-अगस्तमा पूरा भईरहेछ, त्यसमा आन्ध्र प्रदेशबाट प्रभु सुरेश प्रभाकर, टीजी वेङ्कटेश, यलमंचिली सत्यनारायण चौधरी, वेणुम्बका विजय साई रेड्डी, तेलङ्गानाबाट लक्ष्मीकान्त राव, श्रीनिवास धर्मपुरी, छत्तीसगढ़बाट छाया वर्मा, रामविचार नेताम, मध्य प्रदेशबाट विवेक तनखा, मोबशर जावेद अकबर, सम्पतिया उइके, तमिलनाडुबाट टीकेएस एलंगोवन, ए नवनीत कृष्णन, आरएस भारती, एसआर बालासुब्रमण्यम, ए विजयकुमार, केआरएन राजेशकुमार, कर्नाटक केसी राममूर्ति, जयराम रमेश, स्व. अस्कर फर्नान्डीस (१३.९.२०२१ मा निधनभएदेखि रिक्त), निर्मला सीतारमण, ओडिशाबाट नेकान्ति भास्कर राव, प्रसन्ना आचार्य, सस्मित पात्रा, महाराष्ट्रबाट पीयूष गोयल, पी चिदम्बरम, प्रफुल्ल पटेल, विकास हरिभाऊ महात्मे, सञ्जय राउत, विनय सहस्रबुद्धे; पञ्जाबबाट अम्बिका सोनी, बलविन्दर सिंह, राजस्थानबाट ओमप्रकाश माथुर, अल्फोन्स कन्ननथनम, रामकुमार वर्मा, हर्षवर्धन सिंह डूङ्गरपुर, उत्तराखण्डबाट प्रदीप टम्टा, बिहारबाट गोपाल नारायण सिंह, सतीश चन्द्र दुबे, मीसा भारती, रामचन्द्र प्रसाद सिंह, शरद यादव (४.१२.२०१७ देखि रिक्त), झारखण्डबाट महेश पोद्दार, मुख्तार अब्बास नकवी, हरियाणाबाट दुष्यन्त गौतम र सुभाष चन्द्राको कार्यकाल पूरा भइरहेको छ।