मन्त्री लेप्चाको डाके सिक्किम ऊर्जा लिमिटेड र पञ्चायत प्रतिनिधिहरुसंग बैठक

IMG-20250510-WA0003

गान्तोक: लाचेन-मंगन निर्वाचन क्षेत्रका विधायक एवं सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज सिक्किम ऊर्जा लिमिटेड, पञ्चायत सदस्यहरु र चुङथाङ ग्राम पञ्चायत यूनिटका जिल्ला सदस्यहरूसंग उच्चस्तरीय बैठकको अध्यक्षता गरे। यसबीच चुङथाङ ग्राम पञ्चायत यूनिटअन्तर्गतका प्रभावित जनतालाई कसरी लाभ पुऱ्याउन सकिन्छ सोबारेमा छलफल गरियो। साथै उनीहरूको समस्यालाई पुरा गर्ने विषयलाई प्राथमिकता दिँदै विभिन्न कार्ययोजना कार्यन्वयन गर्ने छलफल भएको थियो। सभामा बोल्दै मन्त्री लेप्चाले प्रभावित क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा सबैबाट सुझाउको आह्वान गरे। मन्त्री लेप्चाले स्थानीयहरूले भोग्न परिरहेको विभिन्न चुनौतीबारे पनि जायजा लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement