गान्तोक: सिक्किम राज्य प्राप्तीको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रधानमन्त्री नरेद्र मोदीको सम्भावित सिक्किम भ्रमणको तयारीलाई लिएर आज राज्य सरकारको एउटा उच्चस्तरीय बैठक बस्यो। बैठकलाई सिक्किम सरकारका प्रमुख प्रशासक एवं क्याबिनेट सचिव भीबी पाठक र मुख्य सचिव आर तेलाङले अध्यक्षता गरेका थिए। टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा आयोजित बैठकमा सम्बन्धित विभिन्न विभागका शीर्ष अधिकारीहरूको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, सिक्किम राज्य प्राप्तीको स्वर्णजयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो उपस्थिति दिने वचन दिएका छन्। तथापि, उनको आगमनको मिति भने निश्चित भएको छैन।
बैठक प्रधानमन्त्रीको भ्रमणअवधि विशेष गरेर सुरक्षा, आपतकालीन प्रतिक्रिया र अन्य व्यवस्थापनको तयारीमाथि केन्द्रित थियो। बैठकमा प्रमुख प्रशासक र मुख्य सचिवले सम्बन्धित विभागका अधिकारीहरूलाई विभिन्न काम र निर्देशनहरू दिए।