गान्तोक: सिक्किम सरकारको वागवाणी विभागले कृषि एवं वागवानी क्षेत्रलाई बढावा दिने उद्देश्य राखेर आज माझीटारमा शुक्रबारे फार्म दिवस पालन गरियो। सरकारका कृषि एवं वागवाणी विभागीय मन्त्री पूरण गुरूङको दिशानिर्देशमा आयोजन गरिएको कार्यक्रममा कृषकहरुलाई खेतमा गएर कृषिबारे व्यवहारिकरूपमा जानकारी दिइयो। यस प्रकारको कार्यक्रमले कृषि तथा वागवानी क्षेत्रमा संलग्न कृषक, अधिकारी र हितधारकहरूलाई मञ्च प्रदान गरेको छ। यस अवसरमा आधुनिक खेती गर्ने तकनिकीबारे पनि जानकारी दिइएको थियो। कार्यक्रममा नर्सरी बेडको तयारी, बीउ रोप्ने, फलफूल छाँट्ने, प्रशिक्षण र झारपात हटाउने तकनिकीबारे जानकारी गराइयो। यस प्रकारको विधि अप्नाएको खण्डमा कृषि क्षेत्रलाई अघि बढाउनका साथै कृषकहरू लाभान्वित बन्ने आशा गरिएको छ। कार्यक्रममा विभागीय अधिकारीहरुको पनि सहभागिता थियो।