फुलपाती शोभायात्रा र सांस्कृतिक महोत्सवको आयोजनालाई लिएर बैठक

22313e36-73b2-4bc3-b6ff-bd32597fb497

बानरहाट:  बानरहाट लायन्स क्लबको अडिटोरियममा आज बानरहाट मखमली समाजले फुलपाती शोभायात्रा तथा सांस्कृतिक उत्सवलाई लिएर एउटा बैठकको आयोजना गर्‍यो| बैठकमा आगामी २ अक्टोबरको दिन गोर्खा समुदायको सांस्कृतिक पर्व फुलपाती शोभायात्रा भव्य रुपमा मनाउने विषयमा छलफल भएको थियो | बैठकमा प्रत्येक वर्षझैं बानरहाट ताराचन्द मैदानमा फुलपाती शोभायात्रा तथा सांस्कृतिक उत्सव गर्ने सहमति भएको छ | दिउँसो २ बजी बानराहट ताराचन्द मैदानबाट फुलपाती शोभायात्रा तथा सांस्कृतिक झॉंकी निकालिनेछ | शोभायात्रामा बानरहाट ब्लकका सबै चियाबारीका गोर्खा समुदायका मानिसहरू आआफ्नो परम्परागत भेषभूषामा सहभागी हुनेछन् | सॉंस्कृतिक कार्यक्रममा गोर्खा समुदायका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्ने छन्| बानरहाट मखमली समाजद्वारा आयोजित फुलपाती शोभायात्रामा सिक्किम विश्वविद्यालयका नेपाली विभागका प्राध्यापक डा. कविता लामा प्रमुख अतिथि रहने छिन् साथै कार्यक्रममा धेरै महानुभावहरूको उपस्थिति रहनेछ |

  आजको बैठकमा मखमली समाजका अध्यक्ष कुमार छेत्री, सचिव राजेश प्रधान, कोषाध्यक्ष रतन मगर यसको साथै मखमली समाजका प्रतिनिधि वीरकुमार कामी, दिपु कामी,कैलाश छेत्री, गोपाल प्रधान, गोपाल शर्मा, प्रकाश लामा, ऋषि खड्का, आनन्द ढकाल, नेपाली साहित्य विकास समितिका महासचिव रविन खवास लगायतको उपस्थिति रहेको थियो | सभामा उपस्थित सबै जनप्रतिनिधिहरूले आआफ्ना सुझाव राखेका थिए| मखमली समाजका अध्यक्ष कुमार छेत्रीले फुलपाती भोशायात्रा गोर्खा समुदायको सांस्कृतिक पर्व हो| यो प्रत्येक वर्ष दुर्गा पूजाको महासप्तमीको दिन मनाइन्छ| आजको बैठकमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सुन्दर सुझाव राखेका थिए | फुलपाती शोभायात्राको निरन्तर प्रचार-प्रसारको कार्यक्रमलाई तीव्र गतिमा अघि बढाइनेछ | बानरहाट ब्लकका सबै चियाबारीमा फुलपाती शोभायात्राको सन्दर्भमा स्थानीय जनतासँग भेटघाट गरिने छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement