मानव-वन्यजीवमाझ द्वन्द्व रोकथाममाथि कार्यशाला सम्पन्न

00-303a3b48-1656-4587-9a05-06672535bdf2

कालचिनी: बक्सा टाइगर रिजर्भ वरपरको चियाबारी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यको निरन्तरतामा मङ्गलबार बिहान ११ बजेदेखि एनआईसी, राजाभातखावामा तालिम-सह-कार्यशाला सम्पन्न भयोl यसबारेमा बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरेक्टर अपूर्व सेनले जानकारी दिएका छन्। कार्यशालामा बक्सा ब्याघ्र प्रकल्प संलग्न रहेका प्रायः २० वटा चियाबारी क्षेत्रबाट दुई सय श्रमिकहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियोl

मानिस र वन्यजन्तु द्वन्द्व व्यवस्थापनप्रति सम्वेदनशीलता, वन्यजन्तुबाट मानवलाई चोटपटक लागेमा प्राथमिक उपचार, चेतावनी दिने अभ्यास र वन विभागसँगको सहकार्य विषयक सचेतना साथै प्रशिक्षण सम्पन्न भएको बताइएको छ। उक्त तालिम-सह-कार्यशालाले चियाकमान क्षेत्रहरूमा मानव-वन्यजन्तु विशेषगरी हात्तीसितको द्वन्द्व व्यवस्थापन र वन्यजन्तुहरूसँग सहअस्तित्व कायम गर्ने विषयमा सचेतना साथै प्रशिक्षण सम्पन्न भएको बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले बताएका छन्। सो कार्यशाला सह प्रशिक्षण शिविरमा सहभागी प्रतिनिधिहरुलाई जङ्गली हात्ती वा कुनै पनि वन्यजीवसित जम्काभेट हुँदा के गर्नुपर्ने र के गर्नु नहुनेबारे सचेतना गराइएको साथै प्रशिक्षणमा सहभागीहरुलाई काम लाग्ने किट्सहरु प्रदान गरिएको बताइएको छ। सो कार्यक्रममा बक्सा ब्याघ्र प्रकल्पका फील्ड डाइरेक्टर अपूर्व सेनलगायत मुख्य अतिथिको रुपमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शीला दास सरकार, वन अनि भूमि कर्माध्याक्ष गणेश महली, समाजसेवी बिरेन्द्र बारा उराँव, मनोज अग्रवाल एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement