दिनव्यापी तेस्रो बीएफआई इस्ट जोन इलाईट पुरूष एवं महिला बक्सिङ प्रतियोगिता सम्पन्न

IMG_20220913_195821.jpg

नाम्ची: आज नाम्चीमा तीन दिनव्यापी तेस्रो बीएफआई इस्ट जोन इलाईट पुरूष एवं महिला बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगिताको आयोजना सिक्किम एमेचुअर बक्सिङ एसोसिएशनको सहयोगमा नाम्ची जिल्ला बक्सिङ एसोसिएशनले गरेको हो।
कार्यक्रममा मुख्यमन्त्रीका ओएसडी एवं टिस्टा उर्जा लिमिटेडका प्रबन्धक अध्यक्ष सुनिल सरोगी मुख्य अतिथि रहेका थिए। कार्यक्रममा पूर्व बक्सर खेलाडी जीवनकुमार राई, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, अरूण कुमार डागर, बक्सर प्रशिक्षक मुकेश राई, सुबास तामाङ आदिलाई पनि अभिन्नदन जनाइयो। यस अवसरमा सिक्किम एमेचुअर बक्सिङ एसोसिएशनका अध्यक्ष जसलाल प्रधान, भवन एवं आवास विभागका अध्यक्ष टाँसीदोर्जे तामाङ, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई आदिको पनि विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, यस प्रतियोगितामा सिक्किम लगायत पश्चिम बङ्गाल, असम र मेघालयका खेलाडीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement