खरसाङ: भारत र पाकिस्तानमाझ चलिरहेको अहिलेको स्थितिमा दोकानतिर सर-सामानहरुको दाम नबढाईदिने बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अनुरोध गरेका छन्। उनले बजारमा दोकानेहरुलाई चलिरहेको खाद्यान्नको मूल्यभन्दा बेसी नलिने र सम्बन्धित विभागले पनि यस विषयमा नजर राख्नु पर्ने निवेदन गरेका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले भारत सरकारले आतंकवाद विरूध्द सिन्दुर अपरेशन गरेर कार्वाही गरेकोमा खुशी व्यक्त गर्दै समर्थन जनाएका छन्। उनले भारत सरकारले सिन्दुर अपरेशन चलाएर पहलगाम हमलाको बदला लिएकोमा संसारभरि छरिएर बसेका सामी लसखाङ गुम्बाको प्रमुखको नाताले समर्थन जनाएका छन्। उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर गाउँ घरका जनसाधारणलाई प्यानिक नभई बसिदिने साथै सही जानकारी लिनु पर्ने र अफवाहमा नजाने बताएका छन्। उनले भारत सरकारको अप्ररेशनप्रति गोर्खाहरुले समर्थन जनाएको बताउँदै मानिसहरुले व्यक्तिगत रुपमा सहयोग गर्नु पर्ने र सरकारले दिएको गाइड लाइनहरु पालन गर्ने निवेदन पनि गरेका छन्।