सुदन गुरूङ हमला प्रकरणमा ज्ञापन अनि दोषीमाथि कडा कार्बाहीको माग

IMG-20250509-WA0175

दार्जीलिङ: सामाजिक कार्यकर्ता सुदन गुरुङमाथि भएको कथित प्राणघातक हमलाको विरोधमा नागरिक समूहले आज दार्जिलिङ जिल्ला पुलिस प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै दोषीहरूलाई कडा कार्बाहीको माग गरेको छ।
हिजो बिहीबार साँझ दार्जीलिङ बजार क्षेत्रमा सुदन गुरुङमाथि हमला भएको थियो। घटनापछि गम्भीर घाइते भएका उनलाई दार्जिलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ। उक्त घटनालाई केन्द्र गरेर दार्जीलिङ पहाडमा व्यापक प्रतिक्रिया उत्पन्न गराएको छ। सामाजिक सञ्जालमा चौतर्फी निन्दादेखि सडकमा ओर्लिएर मानिसहरूले यसमाथि कडा आपत्ति जनाइरहेका छन्।‌ यसबारे ज्ञापन बुझाएपछि मिडियासँग कुरा गर्दै उपस्थित प्रतिनिधिहरूले नागरिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले प्रशासनलाई नै यस्ता अप्रिय घटनाको जिम्मेवार ठहर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement