दार्जीलिङ: सामाजिक कार्यकर्ता सुदन गुरुङमाथि बिहीबार साँझ दार्जीलिङ बजार क्षेत्रमा भएको आक्रमणपछि पहाड फेरि एक पटक स्तब्ध छ। यस आक्रमणको विरोधमा एक्यवद्धता जनाउन दार्जीलिङ आइपुगेका शिक्षाविद् डा. हर्कबहादुर क्षेत्रीले आफ्नो प्रतिक्रियामा यस्तो घटनालाई बर्बर सभ्यताको मानसिकतासँग तुलना गरे भने यस्तो घटनाले दार्जीलिङ पहाडको शैक्षिक स्तर र सोँचमाथि खरो प्रश्न खडा हुने गरेको मत व्यक्त गरेका छन्।
शिक्षणजस्तो राष्ट्र निर्माताको घडेरी बनाउने पेशामा सबै समान अवसरका पक्षपाती सुदन गुरुङको अडानलाई समर्थन जनाउँदै डा. क्षेत्रीले अर्कोतिर शिक्षाको क्षेत्रमा भइरहने राजनीतिक हस्तक्षेप र ‘चोर दैलो’ प्रणालीको आलोचना र कडा शब्दमा निन्दा गरे।









