मङ्पुमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको जन्म जयन्ती पालन

IMG-20250509-WA0171

मङ्पु: आज मङ्पुको रवीन्द्र भवनमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको १६४औं जन्म जयन्ती भव्यताको साथ पालन गरिएको छ। रवीन्द्र स्मृति श्रमिक कल्याण केन्द्र मङ्पु अनि सूचना एवं संस्कृति विभाग दार्जिलिङको आयोजनामा भव्यताको साथ रवीन्द्र जयन्ती पालन गरियो। आजको कार्यक्रममा विशिष्ट अतिथिहरु दार्जिलिङको एडीएम डेभलपमेन्ट अनिर्वान च्याटर्जी, एडीएम एलआर राम तामाङ, सभासद रतन थापा, डीआईसी खाङडोमा भोटिया, एआईओ जीना राई, रवीन्द्र स्मृति श्रमिक कल्याण केन्द्र अधिकारी सदुमा छेत्री अनि पञ्चात प्रधानहरु पुष्कर सिङगर अनि ममता थापाको बाहुलीबाट गुरुदेवको तस्वीर दीप प्रज्वलन गरियो।


पिन्की गजमेरले सञ्चालन गरेको कार्यक्रममा कोलकोत्ताबाट आएका कलाकारहरु सुदेशना सन्याल रुद्र अनि सुदेश सन्याल रुद्र, सुनिता झा अनि अन्य कलाकारवर्गले रवीन्द्र संगीत प्रस्तुत गरे भने लोक प्रकल्प विभागका गायक पदम बराईली अनि अन्य कलाकारवर्गले गीत अनि नृत्य प्रस्तुत गरेका थिए।


समथार ग्रीनेरी कालेबुङका कलाकारवर्गले नृत्य, रवीन्द्र संगीत अनि आवृति प्रस्तुत गरेका थिए। अन्त्यमा सदुमा छेत्रीले सबैलाई आभार व्यक्त गर्दै कार्यक्रम अन्त गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement