टिप्पर वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु

Accident-Rep-Image

गान्तोक: एक टिप्पर वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। यस घटनामा दुईजना घाइते भएका छन्। उक्त घटना पाकिम जिल्लाको रंगेली थाना क्षेत्र अन्तर्गत रोलेपमा भएको हो। पुलिस रिपोर्ट अनुसार, यो घटना आज दिउॅंसो लगभग १२- ३० बजी एसके डॉंड़ा सिमसारे, रोलेपमा भएको हो। एउटा टिप्पर वाहन रंगेलीबाट सिमेन्ट लिएर रोलेपतिर गइरहेको थियो। एसके डॉंड़ा सिमसारेमा वाहन पल्टिएर सड़कदेखि लगभग ५०० फुट तल झऱ्यो।
वाहन नरबहादुर गुरूङले चलाइरहेका थिए। वाहनमा स्टोर हेल्पर अमरनाथ यादव र स्थानीय एक व्यक्ति फुर्बा कुमार गुरूङ पनि थिए। घाइतेहरूलाई तत्काल रंगेली पीएचसी लगियो, जहॉं फुर्बा कुमार गुरूङलाई चिकित्सा अधिकारीले मृत घोषित गरिदिए। अन्य दुई जनालाई राजधानीको एसटीएनएम रेफर गरियो। २८ वर्षीय मृतक रोलेप निवासी थिए। दुर्घटनाको कारण थाहा लागेको छैन। पुलिसले घटनाको सम्बन्धमा छानबिन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement