खरसाङ: खरसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा वार्षिक उत्सव सम्पन्न भएको छ। लगातार चार दिनसम्म चलेको यस उत्सवको समापन आज गरियो। उत्सवमा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक एवम् उत्साहजनक एवम् मूल्यमा आधारित नृत्य अनि नाटकहरू प्रस्तुत गरेका थिए।

आज सम्पन्न समापन समारोहमा मुख्य अतिथिको रूपमा विद्यालयकी भूतपूर्व शिक्षिका रोमा जिम्बा थिइन् भने प्रमुख अतिथिको रूपमा एआइ अफ स्कूल रोशनी सार्की, एमसी भरत पटेल लगायत विद्यालयका भूतपूर्व शिक्षिकाहरू अनि अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

शिक्षिकाहरू नाचु प्रधान, नमिता ग्रेस प्रधान अनि एनमेरी गुरूङले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयकी प्रधान अध्यापिका सिस्टर जसवीन लेप्चा, एफसीले राखेकी थिइन्। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि रोमा जिम्बाले कार्यक्रम खुबै उत्कृष्ट भएको जनाउँदै विद्यालयका सम्पूर्ण शिक्षिकागण एवम् विद्यार्थीहरूलाई बधाई दिइन्।