आकाशवाणी खरसाङमा स्वास्थ्य जाँच शिविरको आयोजना

IMG-20250509-WA0161

खरसाङ: आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा आज आकाशवाणी परिसरमा स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। आकाशवाणी खरसाङको अधिकारीहरु, कर्मचारीहरुको स्वास्थ्य जाँच गरिने उद्देश्यको साथमा आयोजना गरिएको उक्त स्वास्थ्य जाँच शिविरमा सिलगढीको‌ एक निजी नर्सिङ होमको डाक्टर र स्वास्थ्यकर्मीहरु उपस्थित रहेका थिए। यस अवसरमा डाक्टर मोहित केडिया विशेष रुपमा उपस्थित रहेका थिए। उक्त स्वास्थ्य जाँच शिविरमा आकाशवाणी खरसाङको अधिकारीहरु र कर्माचारीहरु लगाएर ७० जनाले आफ्ना स्वास्थ्य जाँच गराएका छन्‌। यस स्वास्थ्य जाँच शिविरमा रक्त चाप, मधुमेह लगायत अन्य बिमारीहरु जाँच गरिएको थियो। यसको साथै उक्त जाँच शिविरमा कतिपय रोगहरुको उपचारको लागि सुझाव दिनुको साथै औषधिहरु पनि वितरण गरिएको छ। यस स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आकाशवाणी खरसाङको प्रसारण निष्पादक एंव आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको सचिव मिङमा दोर्जे लामाले आकाशवाणी खरसाङको अधिकारीहरु र कर्माचारीहरुको स्वास्थ्य जाँच गर्न साथै रोगहरु विषयमा अवगत गराई सचेत गराउन उक्त स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको जानकारी गराएका छन्‌‌। उनले यस अवसरमा स्वस्थ्य नै धन रहेकोले स्वास्थ्य विषयमा सबैलाई सचेत गराउन यो आयोजना गरिएको जानकारी गराएका छन्‌‌। उनले यस स्वस्थ्य जाँच शिविरमा जम्मा ७० जनाले स्वास्थ्य जाँच गराएको जानकारी गराएका छन्।‌ त्यसरी नै उक्त स्वास्थ्य जाँच शिविरमा उपस्थित डाक्टर मोहित केडियाले पनि विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement