सोनादा: सोनादाको अप्पर पचेङस्थित सन्त पिटर्स अंग्रेजी माध्यमिक विद्यालयको तर्फबाट यसपालीको माध्यमिक परीक्षामा ८४.२८ प्रतिशत अंक ल्याएर जीटीए टप्पर बनेका अभिमन्यु भण्डारीलाई सम्मान जनाएको छ। उनी सन्त पिटर्स अंग्रेजी माध्यमिक विद्यालयको विद्यार्थी हुन्। यसपालीको माध्यमिक परीक्षामा सन्त पिटर्स अंग्रेजी माध्यमिक विद्यालयबाट यसपाली जम्मा २४ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा विद्यालयको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको थियो। यस विद्यालयले हरेक वर्ष माध्यमिक परीक्षामा असल परिणामको साथमा विद्यार्थीहरु उत्तीर्ण भईरहेका छन्। योभन्दा पहिला पनि यस विद्यालयबाट विद्यार्थीहरु जीटीए टप्पर बनिसकेका छन्। यस विद्यालयले यसपालीको माध्यमिक परीक्षामा सर्वाधिक अंक ८४.२८ प्रतिशत अंक ल्याएर जीटीए टप्पर बनेका अभिमन्यु भण्डारीलाई सम्मान जनाएको छ। यस अवसरमा उनलाई विद्यालयको तर्फबाट खदार्पणसहित स्मृति प्रदान गरेर सम्मान गरिएको छ। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सन्त पिटर्स अंग्रेजी माध्यमिक विद्यालयको प्राचार्य कृष्णराज राईले हामी हाम्रो विद्यालयको विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुलाई बधाई दिन्छौं भन्दै शिक्षक शिक्षिकाहरुको मेहनत र परिश्रम साथै विद्यार्थीहरुको कडा मेहनतले असल परिणाम प्राप्त भएको बताएका छन्। उनले आफ्नो विद्यालयको विद्यार्थीहरु यसरी असल अंक ल्याएर उत्तीर्ण हुँदा खुशी लाग्ने बताउँदै अहिलेसम्म यस विद्यालयको विद्यार्थीहरुले बोर्ड परीक्षामा असल परिणाम प्राप्त गरिरहेको पनि बताएका छन्।