भाजपाको नयाँ अभियानलाई तृणमूलले बतायो फ्लप शो

1663047243_nabanna.jpg

कोलकाता: नवान्न घेर्ने भाजपाको अभियानलाई तृणमूल कांग्रेसले पूर्ण रूपमा असफल रहेको फ्लप शो बताएको छl तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले त्यहाँ मानिसहरू नभएको बताएका छन्। उनले भने, ‘कुनै समस्या छैन। पूजा मण्डपमा योभन्दा बढी भीड हुन्छl भाजपा हतास भएर लड्छ, आगो लगाउँछ, हिंसा गर्छl’ नवान्नमा भाजपाको अभियानलाई रोक्न पुलिसले धेरै तयारी गरेको थियो, तर अन्ततः मङ्गलबार दिनभर भाजपा समर्थक र पुलिसबीच भिडन्त भयो। यसले गर्दा कोलकातामा तनावपूर्ण स्थिति रहयोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement