पुष्परानी विद्यालयकी छात्रा अन्शु गुप्ताले उच्च माध्यमिक परीक्षामा‌ विज्ञान विषयमा ९१ प्रतिशत अंकसहित खरसाङ टप्पर बनिन्

IMG-20250509-WA0120

खरसाङ: खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा अन्शु गुप्ताले यसपालीको उच्च माध्यमिक परीक्षामा ९१ प्रतिशत अंक ल्याएर खरसाङ टप्पर बनेकी छन्। विज्ञान विषय लिएर पढेकी अन्शुले जम्मा ४५५ अंकसहित ९१ प्रतिशत अंक प्राप्त गरेकी छन्। पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयकी साइना छेत्रीले विज्ञान विषयमा नै ८१ प्रतिशत अंक ल्याएर विद्यालयको दोस्रो टप्पर बनेकी छन्। यस विद्यालयबाट यसपाली जम्मा १४६ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा ८५.६२ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement