पाकिम: पाकिम जिल्ला शिक्षा विभागद्वारा समग्र शिक्षा विभागको पहलमा जिल्ला शैक्षिक सुधार कार्यक्रमको समन्वय बैठक आज पाकिम जिल्लाको रूरवन कम्पलेक्स भवनमा सम्पन्न भयो। उक्त कार्यक्रममा शैक्षिक संस्थानका वरिष्ठ शिक्षाकहरूले विद्यालय व्यवस्थापन र शैक्षिक अभ्यासमाथि समन्वयमाथि जोड़ दिएका थिए। यस अवसरमा शिक्षा विभागका संयुक्त निर्देशक बीपी शर्माले शैक्षिक क्षेत्रको विकास साथै निगरानीमाथि सबैको जिम्मेवारी महत्वपूर्ण रहेको बताए। कार्यक्रममा जिल्ला एमआइएस समन्वयक पीटी लेप्चाले शैक्षिक तथ्याङक प्रणालीबारेमा विस्तृतरूपमा जानकारी गराउँदै जसले तथ्याङक-संचालित शैक्षिक योजनालाई सक्षम पार्न यूडीआएसइ र ड्रपआउट ट्र्याकिङ प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगमाथि जोड दिए।सोही प्रकारले सहायक निर्देशक तथा जिल्ला नोडल अधिकारी निर्मल शर्माको नेतृत्वमा पीएम पोषण योजनाबारे एक सत्र आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोषण सुदृढीकरण र स्वास्थ्य तथ्याङ व्यवस्थापनमाथि ध्यान केन्द्रित गराए। सोही प्रकारले उपनिर्देशक गिता शर्माले कार्यक्रमको दृष्टिकोण र राष्ट्रिय शिक्षा नीति २०२० बारेमा जानकारी गराइन्।