मन्त्री साम्दुप लेप्चाले गरे विभिन्न योजनाबारे समीक्षा

IMG-20250508-WA0259

मंगन: लाचेन-मंगन क्षेकाका विधायक एवं सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज चुङथाङ बजार, फुपु खेल मैदान र रिक्जिङ छोइलिङ गुम्बाको भ्रमण गरे। भ्रमणअवधिमा विभिन्न परियोजना प्रगतिबारे समीक्षा गरे। भ्रमणको क्रममा जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायतका प्रतिनिधि, चुङथाङका खण्ड विकास अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरू पनि सामेल थिए। मन्त्री साम्डुप लेप्चाले परियोजनाहरूको सफल कार्यान्वयन सुनिश्चित गर्ने र जनताको समस्या समाधानको प्रतिबद्धतालाई दोहोऱ्याए। यस भ्रमणले सरोकारवालाहरूसँग परियोजनाबारे छलफल गर्ने अवसर पैदा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement