सोपाखा स्कूलका विदायी शिक्षक र विद्यार्थीहरु सम्मानित

IMG-20250508-WA0258

गेजिङ: पश्चिम सिक्किमको मानेबुङ–देन्टाम क्षेत्रअन्तर्गत सोपाखा सरकारी माध्यमिक विद्यालयमा बिदाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न भयो। मानेबुङ सोपाखा प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य केशरमान लिम्बूको मुख्य आतिथ्यमा सम्पन्न सम्पन्न कार्यक्रममा विद्यालयका प्रभारी शिक्षक आइतहाङ लिम्बूले कार्यक्रमबारे बताए। कार्यक्रमको मूल आकर्षण लामो समयदेखि सेवा दिँदै आएका शिक्षकहरू ललित कुमार राई, तञ्चोकहाङ लिम्बू, सृजला गुरुङ, र जितेन्द्र छेत्रीको सम्मान रहेको थियो। यसबीच दशौं कक्षा पास गरी विद्यालयबाट विदायी विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाई गरियो। उक्त अवसरमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य र एकल गायन प्रस्तुत गरेका थिए। विद्यालयका सहप्रधानअघ्यापक आइतहाङ लिम्बूले सरुवा भएर जाने शिक्षकहरू र विदायी विद्यार्थीहरूलाई सम्मान जनाएका थिए। मुख्य अतिथि केशरमान लिम्बूले विद्यालयको समग्र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयले शैक्षिक गुणस्तरतामाथि प्रभावी काम गर्ने आग्रह गरे। कार्यक्रममा अवकाशप्राप्त प्रधानाध्यापक बीएस लिम्बू, कुनाबार स्कूलका प्रधान अध्यापक सनबीर लिम्बू, अवकाशप्राप्त शिक्षक एलएम लिम्बू, सोपाखा ग्राम पञ्चायत इकाई अध्यक्ष मुन्ना गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारीगणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement