मन्त्री लामाले गरे राज्यपाल माथुरसँग भेटवार्ता

IMG-20250508-WA0256

गान्तोक: सिक्किम सरकारका जन स्वास्थ्य अभियान्तिकी एवं धर्म मन्त्री सोनाम लामाले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटघाट कार्यक्रमको उद्देश्य ऐतिहासिक ८ मई सम्झौताको अवसरमा राज्यपाललाई शुभकामना व्यक्त गर्नु रहेको थियो। उल्लेखनीय छ, आजकै दिन १९७३मा तत्कालीन सिक्किमका राजा छोग्याल, सिक्किमका राजनीतिक पार्टीहरू र भारत सरकारबीच एक ऐतिहासिक सम्झौता भएको थियो जसलाई ८ मई सम्झौता भनेर चिनिन्छ। उक्त सम्झौताकै आधारमा पछि १९७५मा सिक्किम देश सङ्घीय भारतको २२औं राज्य बनेको थियो। यस विशेष अवसरमा मन्त्री लामाले राज्यपाल ओम प्रकाश माथुरलाई बधाई दिए। जवाफमा राज्यपालले पनि यस विशेष अवसरमा सिक्किमवासीलाई शुभकामना दिए।
भेटवार्ता अवधि मन्त्री लामाले भारतीय सेनाद्वारा सञ्चालित हालको सैन्य कार्यवाही अपरेशन सिन्दूरको सफलताको निम्ति राज्यपाललाई बधाई पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement