दरापमा भाजपाको सेवा र सम्पर्क कार्यक्रम

IMG-20250508-WA0255

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशको श्रृङ्खलावद्ध कार्यक्रम सेवा अनि सम्पर्क आज पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत याङ्गथाङ समष्टिको दरापमा सम्पन्न भयो। यस अवसरमा धेरै सङ्ख्यामा लाभार्थीहरूलाई आयुष्माण भारत अनि ई-श्रम कार्ड वितरण गरियो।
कार्यक्रममा पार्टीका राष्ट्रीय परिषदका सदस्य तथा पूर्व मन्त्री एनके सुब्बा, प्रदेश उपाध्यक्ष दिनेश चन्द्र नेपाल, प्रवक्ता पासङ शेर्पा, मिडिया प्रभारी निरेन भण्डारी, गेजिङ जिल्ला प्रभारी दिगुम लिम्बू साथै अन्य नेताहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement