पर्यटकीय आकर्षणको केन्द्र इन्द्रेणी फल्स

IMG-20220913-WA0137.jpg

पर्यटकीय ढाँचाहरू सुव्यवस्थित गर्न सकिए अझ प्रसिध्द बन्ने सम्भावना

सोनादा: सोनादादेखि केही मुनि रहेको इन्द्रेणी फल्स पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनिएको छ। सोनादा बजारदेखि लगभग ३-४ किलोमीटर मुनि रहेको ‘इन्द्रेणी फल्स’ साहसिक पर्यटनको लागि पनि उत्तिकै महत्वपूर्ण मान्न सकिन्छ। इन्द्रेणी फल्स पुग्न केही कठिनाई भए पनि त्यहाँ पुगेपछि स्वच्छ र आनन्दमय परिवेशले जुनै पर्यटकको पनि मन जित्न सक्दछ। इन्द्रेणी फल्स पुगेपछि मानिसहरू अन्य कुराहरू सबै भुलेर यसको आनन्दमय परिवेशमा मग्न हुन बाध्य हुन्छन्। अहिले पर्यटकहरूको लागि इन्द्रेणी फल्स मुख्य आकर्षणको केन्द्र भए पनि यहाँ पुग्न अघि तर्नु पर्ने खोला वर्खाको समय ठूलो भएको कारणले केही कठिन छ। खोलामा बनिएको पुल पनि बाँस र काठको बनिएकोले केही असुविधा भने देखिएको छ। तर त्यहाँ पुगेपछि भने सबै दु:ख र असुविधाहरू भने भुलिने गरिन्छ। दागोपाप कालमै पर्यटकहरूको केही बनिएको यस क्षेत्रलाई अझ पर्यटकहरूलाई आकर्षित पार्नलाई पर्यटकीय सुविधाहरू स्थापना गर्नु आवश्यक देखिएको छ भने यसको नजिकतिर दोकान र होम स्टेहरू स्थापना हुन सके निक्कै राम्रो हुने सम्भावना देखिएको छ। अबको नयाँ जीटीएको पर्यटन विभागले यहाँ पर्यटन सम्भावनलाई हेरेर इन्द्रेणी फल्सलाई व्यवस्थित र पर्यटकहरूलाई आकर्षित पार्नलाई पर्यटकीय ढाँचाहरूलाई सुव्यवस्थित गर्न सके झनै दानी हुन्छ। यसको लागि सोनादादेखि इन्द्रेणी फल्ससम्म पुग्ने सड़कको मरमत्ति कार्य अनिवार्य देखिएको छ भने सड़कको घुम्तीतिर इन्द्रेणी फल्स पुग्नलाई सूचित बोर्डहरू पनि बनाउन आवश्यक देखिएको छ। यसको साथै इन्द्रेणी फल्स पुग्ने बेलामा भेटिने खोलामा स्थायी रुपमा पूल निर्माण गरिनु पर्ने आवश्यकता देखिएको छ। इन्द्रेणी फल्स पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बन्न सकिने सम्भावना प्रशस्तै देखिएको छ। विशेष गरी अहिलेको समयमा युट्युबरहरू र भ्लगरहरूका लागि पहिलो रोजाईको पर्यटकीय स्थलको रूपमा यो इन्द्रेणी फल्स रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement