पाकिस्तान सुपर लीगको दुईवटा म्याच स्थगित

IMG-20250508-WA0247

नयाँ दिल्ली: रावलपिण्डी क्रिकेट स्टेडियममा भएको ड्रोन हमलाले गर्दा पाकिस्तान सुपर लीग (पीएसएल) -माथि अनिश्चितताको बादल छाएको छ। सोशल मीडियामा स्टेडियमको क्षतिग्रस्त हिस्साको तस्वीरहरू देखिएको छ। स्टेडियममा बिहीवार पेशावर जल्मी र कराची किंग्सबीच म्याच हुनु थियो। यस म्याचलाई पछिबाट स्थगित गरियो। यसको साथमा शुक्रवार लाहोर कलन्दर्स र पेशावर जल्मीबीच खेलिने म्याच पनि स्थगित गरिएको छ। यो घटना इस्लामाबादद्वारा भारतमा १५ सैन्य ठेगानाहरूमा हमला गर्ने प्रयासको केही घण्टापछि भयो अनि जवाफमा भारतले बिहीवार लाहौरमा वायु रक्षा रडार सिस्टमलाई नष्ट गऱ्यो। भारतीय सेनाले ७ मईको दिन पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीरमा ९ वटा आतंकवादी ठेगानाहरूमा सटीक मिसाइल हमला गरेको थियो। भारतले पहलगाममा २२ अप्रेलमा भएको आतंकवादी हमलाको बद्ला लिन त्यो हमला गरेको थियो, जसमा २६ जना पर्यटकले ज्यान गुमाएका थिए। भारतको सैन्य कार्वाहीलाई अपरेशन सिन्दूर नाम दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement