दार्जिलिङ: भारतीय गोर्खा जनशक्ति फ्रन्टले संगटन बिस्तारको क्रममा पाण्डु जिपी अन्तर्गत अम्बोटियामा बुथ समिति गठन गरेको छ। अध्यक्षमा प्रगेश थापा र उपाध्यक्षमा बिरजु घिसिङ चयन भएका छन् भने सचिवमा श्रीमती ईशा थापा र सहसचिवमा बिजेश थापा र सत्यम थापालाई सर्वसम्मतिले चुनिएका छन्। कोषाध्यक्षमा अंगत थापा, सिद्धु रुचाल, कुणाल गिरी चयन भएका छन् भने सल्लाहकारको रूपमा हेमन्त थापा सुजित सुब्बा सेवक थापालाई सभाले चुनिएका छन्। कार्यकारिणी सदस्यहरुका लागि खड्का बिडी कालिकोटे स्वस्तिक सुब्बा, नम्रता थापा, किरण दियाली, बिमला सुशीला तामाङ, संगिता थापा, अंगौ थापा लाई उक्त सभाले सर्वसम्मतिका साथ चुनिएका छन्।