वरिष्ठ नागरिक कल्याण संगठन पाँच घरे अम्बटेको दोस्रो वार्षिक स्थापना दिवस पालन

IMG-20220913-WA0133.jpg

खरसाङ: वरिष्ठ नागरिक कल्याण संगठन पाँच घरे अम्बटेको दोस्रो वार्षिक स्थापना दिवस संगठनको अध्यक्ष कर्ण पुर्कुटीको अध्यक्षतामा सामान्य रूपमा पालन गरियो। गाउँमा कतिपय दु:खद घटना औ कमानको स्थिति ठीक नरहेको कारण उक्त कार्यक्रम भव्य रूपमा सपन्न गर्न सकिएन। संगठनको अध्यक्ष, संरक्षक, समिति अध्यक्ष तारा थापा अनि दिग्गज वरिष्ठ सदस्य बालकुमार थापाद्वारा महात्मा गाँधीको प्रतिकृतिमा धुप-दीप प्रज्जवलन गरिएपछि विगत वर्ष दिवंगत भएका संगठनका सशक्त सदस्य स्व मदन गिरीको स्मरणमा सश्रद्धा दुई मिनटको मौन धारण गरियो। त्यसपछि दिरप गिरी(धर्मपत्नी स्व मदन गिरी) लाई संरक्षक भूपाल राई र अध्यक्ष कर्ण पुर्कुटीद्वारा दोशल्ला ओढाएर सम्मान गरियो। त्यसपछि क्रमैले समिति सचिव देवकुमार थापा अनि प्रमुख सल्लाहकार दिपक थापाद्वारा दिरप गिरीलाई श्रद्धान्जली पत्र अर्पण गरियो। श्रद्धान्जली पत्र संगठन उपाध्यक्ष फुर्वा घिसिङले पठन गरेका थिए। संगठनको सचिव निलमकुमार गिरीले स्वागत भाषण राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement