मिरिक: पहिला गाउँ स्कूल डाँडा ग्राम पन्चायत दुई कार्यालयमा बिहीबार प्लास्टिक ब्यवस्थापन र स्वच्छता विषयमा एउटा सभा सम्पन्न भयाे। सभामा मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, ग्राम पन्चायत प्रधान जयन्ती सुब्बा, मिरिक पन्चायत समितिका सदस्य समीर राई,ग्राम पन्चायत सदस्यहरू, पन्चायतकर्मी एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।सभाले ग्राम पन्चायत क्षेत्रमा सफाई अभियानबारे व्यापक चर्चा गर्दै प्लास्टिककाे ब्यावस्थापनबारे व्यापक छलफल गरिएकाे ग्राम पन्चायत प्रधान श्रीमती जयन्ती सुब्बाले जानकारी गराँउदै सभामा प्रयाेगपछि प्लास्टिकलाई लापरबाहीसित फाल्न नदिन अनि प्रयाेगपछि प्लास्टिकहरूकाे उचित ब्यावस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा ग्राम पन्चायत क्षेत्रमा जागरूगता अभियान चलाँउने विषयमा वक्ताहरूले जाेर दिएकाे बताइन्।तिनले ग्राम पन्चायतलाई स्वच्छ राख्ने अभियानमा सक्रिय कार्य भइरहेकाे समय सभाले उक्त अभियानलाई ठूलाे टेवा पुग्ने जानकारी गराँउदै प्लास्टिककाे उचित ब्यावस्थपनमा सबैलाई ध्यान दिने आव्हान गरिन्। तिनले प्लास्टिकले मानव अनि पर्यवरणलाई गर्ने क्षतिबारे पनि ग्राम पन्चायतमा सचेतना गरिनेछ भन्दै सभामा सबैले स्वच्छता बिषयमा जाेर दिएकाे बताइन्।