तीनधारे: यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको उत्कृष्ट परिणाम प्राप्त गरेको छ। यस विद्यालयबाट यसपाली जम्मा १७ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा ११ जना विद्यार्थीहरु प्रथम दर्जामा उत्तीर्ण गर्न सफल बनेका छन्। प्रथम दर्जामा उत्तीर्ण हुनेहरुमा तीनधारे क्रिकेट बजार निवासी क्षितिज गुरुङले सर्वाधिक ८६.४ प्रतिशत अंक प्राप्त गरेका छन्। उनी तीनधारेको क्रिकेट बजार निवासी मेघराज गुरुङको सुपुत्र हुन्। उनीबाहेक तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको आयुस राईले ८२.६ प्रतिशत र आयुस छेत्रीले ७८.२ प्रतिशत अंक प्राप्त गरेका छन् भनी तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको शिक्षक देवेन मंगरले जानकारी गराएका छन्।