२८ नम्बर समष्टिको विभिन्न क्षेत्रहरुमा जिल्ला परिषदद्वार आवण्टित राशिबाट निर्माण गरिने विभिन्न शौचालयहरु निर्माण कार्यको शिलान्यास

IMG-20250508-WA0214

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको विभिन्न क्षेत्रहरुमा जिल्ला परिषदद्वार आवण्टित राशिबाट निर्माण गरिने विभिन्न शौचालयहरुको विधिवत पूजापाठ गरेर कार्यकाे थाल्नी गरिएको छ। विशेष आज देवराली सन्त जोनस हाई स्कूल र लोवर चित्रेकाे गोल्डेन सोसल समाजकाे सार्वजनिक समाज भवनकाे लागि कार्य थाल्नी गरिएको छ।‌ यस क्रममा प्रथममा देवराली सन्त जोनस् हाई स्कूलमा २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्तिकाे कार्यवाहक सचिव ललिता छेत्री, समष्टि कार्यवाहक सचिव प्रेम बम्जन, सहसचिव विष्णु छेत्री, स्कूलकी प्रधान अध्यापिका संगिता राई, शिक्षिका उज्जवला योन्जन, सन्ध्या सुब्बा, विभागकाे पक्षबाट एई सुधन बराईली, एसएई नवराज थापा साथै ठेकेदार पक्षबाट कर्ण छेत्री अनि विधान थापा उपस्थित थिए। दोस्रो चरणमा लोवर चित्रे गोल्डेन सोसल समाजकाे सभापति राजिव राई, सचिव अनुप राई लगायत पार्टीको प्रतिनिधिहरुको उपस्थितिमा विधिवत पूजापाठ गरेर समष्टि कार्यवाहक सचिव प्रेम बम्जनद्वारा नरिवल फुटाएर कार्यकाे थाल्नी गरिएको छ।‌ यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार हाम्रो जीटिएीए चिफ अनित थापाद्वारा गरिएको पहलले पहाडमा पञ्चायातीराज शुरु भएकाे छ। यसै फलस्वरुप प्रथमपल्ट जीटीएले जिल्ला परिषदकाे कोष राशि प्राप्त गर्न सकेकाे छ। यसै योजनाद्वारा यो शौचालयकाे कार्य भईरहेको छ। यस योजनामा चारवटा रुम भएको र आरसीसी स्लेप भएको छप्पर हुनुपर्छ। यो तीन लाख रुपियाँकाे लागतमा एउटा शौचालय बनिनेछ।

यस योजना अन्तर्गत २८ नम्बर समष्टिमा सार्वजनिक भवन मजुवामा, मजुवा गुम्बामा, देवराली सेन्ट जोनस् हाई स्कूलमा, तीन माईल बस्ती सार्वजनिक भवनमा, लोवर चित्रे ग‍ोल्डन सोसल समाजको सार्वजनिक भवनमा र मन्टीभिट चिया बगानको गुम्बामा पनि शौचालय बनिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement