काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का स्पिनर वरुण चक्रवर्तीमाथि चेन्नई सुपर किंग्स (सीएसके)-विरुद्ध म्याचको अवधि आईपीएल आचार संहिताको उल्लंघनको निम्ति म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइएको छ। यसको साथमा उनको खातामा एक डिमेरिट पोइण्ट पनि जोड़िएको छ। प्लेअफ्-को रेसबाट बाहिर भइसकेको चेन्नईको टीमले बुधवार राति ईडन गार्डन्समा २ विकेटले जीत हासिल गऱ्यो। यसले गर्दा केकेआर-को निम्ति प्लेअफ्-मा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। आईपीएलद्वारा जारी गरिएको एउटा बयानमा भनिएको छ, वरुण चक्रवर्तीले अनुच्छेद २.५ अन्तर्गत लेवल १-को अपराध र म्याच रेफरीको फसेला स्वीकार गरेका छन्। आचार संहिताको लेवल १-को उल्लंघनको निम्ति म्याच रेफरीको फसेला अन्तिम हुन्छ। अनुच्छेद २.५ कुनै पनि खेलाड़ीद्वारा उपयोग गरिएको भाषा या इशारासँग सम्बन्धित छ जुन आउट हुने ब्याटर तर्फ निर्देशित हुन्छ। उल्लेखनीय छ, म्याच २ विकेट हासिल गर्ने वरुण चक्रवर्तीले ब्रेविसलाई ५२ रनको निजी स्कोरमा आउट गेपछि मैदान छोड़्ने इशारा गरेका थिए। दक्षिण अफ्रिकी यस क्रिकेटरले म्याचमा चेन्नईलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।