नरबुङ चियाबारी निवासी प्रगति प्रधान बनिन् डाक्टर

IMG-20250508-WA0199(1)

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टिको नरबुङ चियाबारी निवासी प्रगति प्रधान डाक्टर बनेकी छन्। उनले सन् २०१९ मा निटमा ६०० अंक ल्याएर कोलकोताको निल रत्न सरकार कलेज अनि हस्पिटलमा भर्ना भएर आज आफ्नो डाक्टरको कोर्स अनि इन्टर्न समाप्त गरेर डाक्टरको उपाधि पाउन सफल‌ बनेकी छन्। तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत नरबुङ चियाबारी निवासी पिता देवप्रसाद प्रधान र माता शिबानी प्रधानकी सुपुत्री प्रगति प्रधानले २०१९-२०२५ को ब्याचमा आफ्नो एमबीबीएस पूरा गरेर डाक्टर बनेका छन्। उनले आज ८ मईको दिन कोलकातामा भएको दिक्षान्त समारोहमा आफ्ना माता पिताको उपस्थितिमा डाक्टरको‌ उपाधि प्राप्त गरेर आफ्नो परिवार साथै गाउँ समाज र सम्पूर्ण पहाड र आफ्नो जातिलाई नै गौरवान्वित तुल्याएकी छन्। डा. प्रगति प्रधानले आफ्नो प्राथमिक तहको शिक्षा सनसाइन स्कूल खरसाङबाट गरेकी थिइन् भने आईसीएससी तहको शिक्षा खरसाङको एन्थोनी स्कूलबाट २०१६ मा प्रथम दर्जामा उत्तीर्ण भई स्कूल टप्पर बनेकी थिइन्।‌ त्यसरी नै सिनियर सेकेन्डरी तहको शिक्षा एपीएस बालिगञ्ज कोलकोताबाट पूरा गरेकी थिइन्। आफ्नी छोरीको यो सफलतामा पिता देवप्रसाद प्रधानले अभिभावकको रुपमा आफुहरु धेरै खुशी रहेको र गर्वित बनेको बताएका छन्।

उनले एकजना चियाबारीकी छोरीले‌ डाक्टर बनेर आफ्नो परिवार मात्रै होइन तर गाउँ समाज र सम्पूर्ण तीनधारे महानदी समष्टि क्षेत्रलाई नै गौरवान्वित तुल्याएकी बताएका छन्। प्रधानले समाजमा शिक्षाको खेती गरिनुपर्छ भन्ने भनाई अहिले आएर सफल बनेको छ भने हाम्रो सपना पूरा भएको छ अनि हामी अभिभावकलाई छोरीले गौरवान्वित तुल्याएकी छन् भनी बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement