खरसाङ: रेड क्रस सोसाइटी खरसाङको आयोजनामा आज खरसाङ महकुमा अस्पतालमा वर्ल्ड रेड क्रस डे पालन गरिएको छ। यस अवसरमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाइएको छ। खरसाङ रेड क्रस सोसाइटीको आयोजनामा खरसाङको महकुमा अस्पतालमा वर्ल्ड रेड क्रस डेको अवसरमा हेनरी डनेटको जन्म जयन्ती पालन गरिएको छ। खरसाङ रेड क्रस सोसाइटीको आयोजनामा प्रत्येक वर्ष वर्ल्ड रेड क्रस डे पालन गर्दै सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान जनाउने कार्य गर्दै आईरहेका छन् भने यसपाली पनि वर्ल्ड रेड क्रस डेको अवसरमा यसपाली रेड क्रस सोसाइटी खरसाङको वरिष्ठ आजीवन सदस्य सदस्याहरुलाई सम्मान जनाइएको छ। यसपाली रेड क्रस सोसाइटीको तर्फबाट आजीवन सदस्य सदस्याहरु क्रमैले डा रुमी मण्डल, डा एके बारुई, पूर्व भाइस चेयरम्यान अल्का दे, समाजसेवी टीटी लामा, सोनु पाख्रिन, डीके प्रधान आदिलाई सम्मान जनाइएको छ। यस सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा स्कट मिशन विद्यालयका विद्यार्थीहरु पनि उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बिजय सेञ्चुरीले विस्तृत रुपमा जानकारी गराएका छन्।