जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सिविटार चियाबारीमा‌ नव निर्मित गुम्बाको उदघाटन

IMG-20250508-WA0191

खरसाङ: खरसाङ खण्ड महानदी ग्राम पञ्चायतको अन्तर्गत सिविटार चियाबारीमा नव निर्मित साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले उदघाटन गरेका छन्। सन् २०२३ मा सिविटारमा स्थापना गरिएको साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा सन् २०२४ देखि निर्माण कार्य शुरु गरेर यस गुम्बाको आज उदघाटन गरिएको छ।‌ सिविटारमा‌ नव निर्मित गुम्बाको उदघाटन गर्न सिविटार आई पुगेका जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संस्थापक अध्यक्ष अनित थापालाई स्थानीयहरु र पार्टी कार्यकर्ताहरुले भव्य स्वागत जनाएका छन्।

यस अवसरमा सिविटारमा नव निर्मित साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा महानदी ग्राम पञ्चायतकी उप प्रधान सोनिका तामाङले पर्दा उघारेर साथै साथै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। यस अवसरमा जीटीए प्रमुख अनित थापाले गुम्बा परिसरको भ्रमण गर्दै पूजा अर्चना पनि गरेका छन्। उक्त उदघाटन कार्यक्रमको अध्यक्षता महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरुमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेको उक्त उदघाटन कार्यक्रमलाई पञ्चायत सदस्य राजीव तामाङले स्वागत सम्भाषण राखेका थिए‌।

कार्यक्रममा जीटीए प्रमुख अनित थापालाई गुम्बा सञ्चालन समितिको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यसको साथै गुम्बामा कु (मूर्ति) प्रदान गरेर सहयोग गर्नेहरु क्रमैले बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे, गुञ्जा लामा र परिवार, सिविटार चियाबारीको प्रबन्धक राजीव छेत्री लगायत अन्यहरुलाई खदार्पण गरेर सम्मान जनाइएको छ।

यस उदघाटन कार्यक्रममा स्थानीय अन्तोष तामाङले भजन प्रस्तुत गरेका थिए।

सिविटारमा नवनिर्मित गुम्बाको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गुम्बा सञ्चालन समितिको तर्फबाट आनन्द तामाङ र पञ्चायत सदस्य राजीव तामाङले सिविटार चियाबारीको साङ्गे टाँशी छ्योलिङ्ग गुम्बाको निर्माण कार्यको लागि साथै उदघाटनको‌ लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement