खरसाङ: खरसाङको भाजपा विधायक बीपी बजगाईंको अगुवाईमा भारतीय जनता पार्टीको खरसाङ र दार्जिलिङका भाजपा कार्यकर्ताहरु नवान्न चलो अभियान लिएर कोलकोता पुगेका छन्। आद बिहान कोलकोता पुगेका पहाड़का भाजपा कार्यकर्ताहरुलाई भाजपा विधायक बीपी बजगाईद्वारा अगुवाई गरिएको थियो। विभिन्न नाराहरूको साथमा रेलवे स्टेशनबाट कोलकोता पुगेका छन् भाजपा कार्यकर्ताहरु। राज्यको सत्तामा रहेको तृणमूल कंग्रेसको सरकार विरुद्ध भ्रष्टचारको विरोध गर्दै नवान्न घेराऊ अभियानलाई लिएर भाजपा कार्यकर्ताहरु कोलकोता पुगेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङका भाजपा विधायक बीपी बजगाईंले राज्यको तृणमूल सरकारद्वारा गरिएको भ्रष्टाचारको विरोधमा भाजपाको नवान्न घेराऊ गर्ने अभियान हो भनी बताएका छन्। उनले यो अभियान बंगालको भविष्य निर्माण गर्ने अभियान हो भनी बताउँदै यो अभियान पूर्ण रूपमा सफल भएको बताएका छन्। नवान्न चलो अभियान लिएर कोलकोता पुगेका खरसाङका भाजपा विधायक बीपी बजगाईले भने, ‘हाम्रो अभियानलाई हिजदेखि नै हरेक रेलवे स्टेशनमा पुलिस लगाएर रोक्ने प्रयास गर्नुको मतलब ममता सरकार डराएको छ। त्यसको अर्थ जसले चोरेको छ उ डराउँछ र ममता सरकार डराउनु भनेको हाम्रो अभियानको बिजय हुनु हो अनि यो अभियानलाई रोक्नु भनेको सफल हुनु हो।’
विधायक बीपी बजगाईले अघि भने, हिजदेखि देखिएको भीड़, उत्साह उत्साह देख्दा हाम्रो जीत हुनु हो। हामीलाई बाटोमा रोक्नु, हामीमाथि लट्ठी चार्ज गर्नु, पानी फ्याँक्नु, टियर ग्यास हान्नु, यो सबै निभ्ने बेलामा दियो ठूलो बलेको जस्तै हो। उनले अघि भने -‘भाजपाले भ्रष्टाचारको विरूध्दमा र जनताको पक्षमा जुन अभियान थालेको थियो त्यो अपार सफल भएको छ। पहाड़को निजी आवश्यकता, राज्य स्तरीय आवश्यकता र केन्द्र स्तरीय अावश्यकता तीनैवटा कुरालाई पूरा गर्न राज्यको तृणमूल सरकार असफल भएको छ। ‘










