जेमिमा-दीप्तिकी उत्कृष्ट ब्याटिंगले भारत त्रिदेशीय सीरीजको फाइनलमा

IMG-20250508-WA0165

कोलम्बो: भारतले ब्याट र बलको साथ असाधारण प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २३ रनले पराजित गरी श्रीलंकामा जारी त्रिदेशीय वनडे सीरीजको फाइनलमा प्रवेश गऱ्यो। भारतले अब ११ मईमा खेलिने फाइनलमा आयोजक श्रीलंकाको चुनौती स्वीकार्नेछ। प्रेमादासा स्टेडियममा खेलिएको म्याचमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेटमा ३३७ रन बनायो। जेमिमा रोड्रिग्सले १०१ बल खेलेर १६ वटा चौका र एउटा छक्काको साथ १२३ रन बनाइन्। अलराउण्डर दीप्ति शर्माले ९३ र स्मृति मन्धनाले ५१ रन बनाइन्। त्यसपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर ३१४ रन मात्र बनाउन सक्यो। भारतीय पेस बलर अमनजोत कौरले ३ विकेट हासिल गरिन्। दक्षिण अफ्रिकी टीमबाट एनेरी डर्कसेनले सर्वाधिक ८१ रन बनाइन्। उनले ८० बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाइन्। यसबाहेक कप्तान छेलो टायरनले ५ वटा छक्का र ४ वटा चौकाको साथ ४३ बलमा ६७ रन बनाइन्। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै भारतले १८ रनमै ओपनर प्रतीका रावल (४१) र हरलीन देओल (०४ रन)-को विकेट गुमायो। त्यसपछि स्मृति मन्धनाले कप्तान हरमनप्रीत कौरसँग मिलेर स्कोर ५० रनसम्म पुऱ्याइन्। हरमनप्रीत २८ रन बनाएर आउट भएपछि क्रीजमा आउने जेमिमाले मन्धनासँग मिलेर असल ब्याटिंग गरिन्। यी दुईजनाले चौथो विकेटको निम्ति ८८ रनको पार्टनरशीप गरिन् । मन्धना ६ वटा चौकाको साथ ६३ बलमा ५१ रन बनाएर आउट भइन्। मन्धना आउट भएपछि जेमिमाले दीप्ति शर्मासँग तेजीको साथ रन बनाउँदै पाँचौं विकेटको निम्ति १२२ रनको पार्टनरशीप गरिन् । वनडे करियरको दोस्रो शतक बनाएर जेमिमा ४३औं ओभरमा आउट भइन्। अन्तिम ओभरहरूमा दीप्तिले रिचा घोष (२० रन)-सँग तेजीको साथ रन बनाइन्। दीप्तिले ८४ बल खेलेर १० वटा चौका र २ वटा छक्काको साथ ९३ रन बनाइन्। जेमिमालाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement